पाठशाला न्यूज
 २०८३ वैशाख ९, बुधवार    

वीरगंजका मेयरलाई कारवाही नगरेको भन्दै पर्साका सिडिओ र एसपीको पुत्ला दहन

२०८० चैत्र २३, शुक्रवार २०:२७ बजे

जलेश्वर सर्राफ 

वीरगंज- मेयर राजेशमान सिह विरुद्धको किर्ते नागरिकता र सरकारी कागजात समेत किर्ते गरेको मुद्दामा प्रहरी प्रशासनले कानुनी प्रकिया अगाडि बढाउन अनाकानी गरेकाे भन्दै सचेत नागरिक समाज र सर्वदलीय राजनैतिक दलले वीरगंजमा आज पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाल र प्रहरी उपरीक्षक कुमाेद ढुंगेलकाे पुत्ला बनाई आगाे लगाई प्रदर्शन गरेका छन् ।

वीरगंजकाे मुख्य बजार माईस्थान चाेकमा चक्का जाम गरि सचेत नागरिक समाजले पुत्ला दहन गरेर बिरोध प्रदर्शन गरेका हुन्। 

बिगत तीन महिना भन्दा लामाे समयदेखि सङ्घर्षरत सचेत नागरिक समाजले प्रहरी प्रशासनकाे काम कार्वाहिमा शङ्का देखिएकाे हुँदा आज जिल्लाका प्रमुखहरुको पुत्ला दहन गरि बिराेध जनाएका हुन्।

वीरगंजका मेयर राजेशमान सिंह बिरुद्ध किर्ते नागरिकताको मुद्दाको छानबिन गर , दोषी माथी कार्वाही गर , प्रहरी प्रशासन मुर्दाबाद, भ्रष्ट एसपि जिल्ला छाेेड भन्ने नारा लगाउँदै प्रदर्शनकारीहरुले बाटाे अवरुद्ध गरि नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका थिए ।