सर्लाही— सर्लाहीको बरहथवा बजारमा भएको भीषण आगलागीबाट ठूलो मात्रामा धनमालको क्षति भएको छ ।
शुक्रवार राति बरहथवा नगरपालिका-७ बजारमा स्थानीय किसुन दासको घरमा सञ्चालित तीनवटा पसलमा भएको आगलागीबाट ठूलो क्षति पुगेको हो ।
आगलागीबाट नरेश साहले सञ्चालन गरेको राजवीर होलसेल किराना पसल, विजय दासको आलु भण्डार र सरोज राउत कुर्मीको कपडा सिलाउने टेलरमा क्षति पुगेको छ । स्थानीय, सुरक्षाकर्मी र हरिवन नगरपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको बरहथवा प्रहरीले जनाएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन।
प्रहरीका अनुसार आगलागीबाट करिब पौने तीन करोड बराबरको क्षति भएको छ । गएराति साढे ११ बजेतिर सुरु भएको आगलागी आज बिहान २ बजेतिर मात्रै नियन्त्रणमा आएको थियो ।