सर्लाही- सर्लाहीमा यात्रुबाहक बसले थिच्दा सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ । ड्युटीमा रहेका प्रहरी निरीक्षक विजयकुमार तुलाधरको गएराति १० बजेतिर बा प्र ०१-००६ ख २००४ नम्बरको बस अनियन्त्रित भई पल्टिँदा उक्त बसले थिचिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीका अनुसार बलरा नगरपालिका ९ स्थित बीओपीको गेटअगाडि बस पल्टिँदा उनी च्यापिएका थिए ।
बसले थिचेर गम्भीर घाइते भएका तुलाधरलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएकोमा चिकित्सकले रातिनै मृत घोषणा गरेका थिए ।
बस चालक र सहचालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।