जलेश्वर सर्राफ
वीरगंज- वीरगंज स्थित नेपाल मेशिनरी ट्रेडर्सले उपभोक्ताले खरिद गरेको मुल्य बराबरको भ्याट बिल नदिदा उपभोक्ता आफु ठगीनुका साथै राजस्व छली भएको खुलासा गरेका छन्।
वीरगंजको अलखिया मठ स्थित रहेको नेपाल मेशिनरी ट्रेडर्सले बजार भाउ भन्दा दोब्बर मुल्यमा सामान बिक्री गरी भुक्तान गरिए बराबरको भ्याट बिल नकाटी कम मुल्यको भ्याट बिल काटेर ठगी गरेको प्रमाण फेला परेको छ।
सोनिया जब प्लेस्मेन्ट मल्टी प्रपोज प्रा.लि.महोत्तरी गौशालाले एक लाख ८२ हजार मुल्य बराबरको सामान खरिद गर्दा ७४ हजार मुल्य बराबरको मात्र भ्याट बिल दिए पछि खरिद कर्ता तलेवर यादव र बिक्री कर्ता मुकेश सरावगी र अनुप सरावगी बिच झण्डै झडपको स्थिति सिर्जना भएको थियो। त्यस लगत्तै पाठशाला न्युजका प्रतिनिधिलाई यादवले बोलाएर आफ्नो गुनासो राखेपछि यादवले खरिद गरिएका सम्पूर्ण सामानहरु फिर्ता दिए । तथापि सरावगी द्वयले विवादलाई थाति राख्दै एक लाख रकम मात्र फिर्ता गरि बाँकि आइतवार दिने भनि भुक्तान रकम फिर्ता दिएनन्।
घटना हेर्दा सामान्य देखिए पनि नेपाल मेशिनरी ट्रेडर्स वीरगंजले एक लाख ८२ हजारको बिक्रीमा जम्मा ७४ हजार मात्रको भ्याट बिल जारि गरिनुले भने राजस्व छलिकोको भयावह अवस्था देखिन्छ। एक ग्राहकसँगको बिक्रीमा मात्र एक लाख आठ हजार लुकाइन्छ भने दिन भरिको कारोवारमा महिना भरि यो व्यवसायिक फर्मले कति राजस्व छलि गरेको होला? यो आफैमा एक गम्भिर प्रश्न उब्जिएको छ। यस्ता ठगीमा संलग्न व्यवसायिहरुलाई राजस्व अनुसन्धान विभागले कडाइका साथ कारवाही किन गर्दैन ? भन्ने प्रश्नले झनै जटिलता थपेको छ।