पटना- भारत बिहार राज्य अन्तर्गत मितिहारी जिल्लाका आईपिएस अफिसर एसपी कान्तेश कुमार मिश्रलाई बिशेष सम्मानका विदाई गरिएको छ। मोतीहारी स्थित अमर रिसोर्टमा आयोजित एक बिशेष समारोहका बिच एसपी एवं साहित्यकार मिश्रलाई बिदाई गरिएको हो। बिदाई समारोहमा चम्पारण रेन्जका डीआईजी जयन्त कांत, जिलाधिकारी सौरभ जोरवाल, एएसपी शिखर चौधरी, नगर आयुक्त सुमन सौरभ यादव, रक्सौल एसडीओ शिवाक्षी दीक्षित, एसडीओ सदर श्वेता भारती लगायत थुप्रै उच्च पदस्त प्रहरी अधिकारीहरूको उपस्थिति रहेको थियो।

एसपी कान्तेश कुमार मिश्र भारतीय प्रहरी सेवाका एक इमानदार, कर्तव्यनिष्ठ र न्यायप्रिय अधिकारीसँगै एक कुशल साहित्यकारका रूपमा परिचित छन्। उनको तीनवटा चर्चित कवितासंग्रहहरू इन्द्रप्रस्थका काश पुष्प,पाटलिपुत्रको छायाँमा,र मगधका मनुु प्रकाशित भइसकेको छ। उक्त संग्रहमा प्रकृतिप्रेम, मानवीय सम्बन्ध र समाजलाई गहन रूपमा उनले चित्रण गरेका छन्। एसपी मिश्रले आफ्ना कवितामा समाज, राजनीति र व्यवस्थालाई भावनात्मकता, चेतना, र ज्ञानका माध्यमबाट सुन्दर रूपमा अभिव्यक्त गरेका छन्।
अतिनै भव्य रूपमा सम्पन्न बिदाई समारोहमा उपस्थित अतिथिहरूले मिश्रको साहित्यिक योगदानको प्रशंसा गर्दै उनको इमानदारिता, कार्यकुशलता र मानवीय दृष्टिकोणको उच्च मूल्याङ्कन गरेका थिए। मिश्र जस्ता इमान्दार अधिकारीहरूको समाजमा आवश्यकतामा जोड दिँदै भने, “प्रशासनमा मिश्रजस्ता अधिकारीहरूले सधैंको लागि गहिरो छाप छोड्ने "अतिथिहरुले बताएका थिए।
उत्कृष्ट कार्यदक्षता र इमानदार छविका कारण भारत सरकारले उनलाई केन्द्रीय प्रतिनियुक्तिमा दिल्लीस्थित आईबीमा डेपुटी डाइरेक्टरको रूपमा पठाएको छ, जुन उच्च सम्मानको विषय हो।
कार्यक्रमको सफल सञ्चालन मुंशी सिंह कलेजका पूर्व प्राचार्य प्रोफेसर डाक्टर अरुण कुमारले गरेका थिए। कार्यक्रममा सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो।