काठमाडौं- बाँसबारी जुत्ता कम्पनीको अतिक्रमण भएको १० रोपनी जग्गा सरकारको नाममा ल्याउने निर्णय भएको छ।
भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारले शुक्रबार सो निर्णय गरेको हो ।
भूमि सुधार तथा मालपोत कार्यालय डिल्ली बजारका अधिकृत छविराम नेपालीले राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उक्त जग्गा सरकारीकरण गर्ने निर्णय भएको जानकारी दिएका छन्।
च्याम्पियन फुटवेयर कम्पनीको नाममा लगेको उक्त जग्गा २०४४ साल भदौ ५ गते ६ रोपनी र २०४४ मंसिर १८ गते पुनः ४ रोपनी गरि १० रोपनी जग्गा निजि बनाएको जानकारी नेपालीले उक्त पत्रकार सम्मेलनमा दिएका थिए।