एजेन्सी : रणवीर कपूरको फिल्म एनिमलले पुराना रेकर्ड तोड्दै हरेक नयाँ दिनसँगै नयाँ रेकर्ड बनाइरहेको छ । फिल्मले बक्स अफिसमा हलचल मच्चाएको छ ।
फिल्मको हिन्दी संस्करणले बिहीबार २२.३५ करोड भारतीय रुपैयाँ कमाएको थियो । जहाँ यसको साउथ संस्करणले बिहीबार १.७८ करोड रुपैयाँ कमाएको थियो ।
योसँगै यसको हिन्दी संस्करणको कुल सङ्कलन ३००.८१ करोड र दक्षिण संस्करणको कूल सङ्कलन ३७.८२ करोड पुगेको छ। यस्तो अवस्थामा सबै भाषासहित एनिमलले घरेलु बक्स अफिसमा ७ दिनमा कुल ३३८.६३ करोडको व्यापार गरेको छ ।
एनिमलको हिन्दी संस्करणको कलेक्सन
– शुक्रबार– ६३.८० करोड
– शनिबार– ६६.२७ करोड
– आइतबार– ७१.४६ करोड
– सोमबार– ४३.९६ करोड
– मंगलबार– ३७.४७ करोड
– बुधबार– ३०.३९ करोड
– बिहीबार– २४.२३ करोड
– कुल (हिन्दी कलेक्सन) – ३००.८१ करोड
साउथमा एनिमलको कलेक्सन
– शुक्रबार– ९.०५ करोड
– शनिबार– ८.९० करोड
– आइतबार– ७.२३ करोड
– सोमबार– ४.४१ करोड
– मंगलबार– ३.८० करोड
– बुधबार– २.६५ करोड
– बिहीबार– १.७८ करोड
– कूल (साउथ कलेक्सन) – ३७.८२ करोड
– एनिमलको कूल भारतीय बक्स अफिस कलेक्सन – ३३८.६३ करोड ।
७ दिनमा ५६३.३ करोडको ग्लोबल कलेक्सन
अब फिल्मको ग्लोबल कलेक्सनको कुरा गर्ने हो भने पहिलो साता नै ५६३.३ करोडको रेकर्ड बनाएको छ ।
दिन प्रति दिन ग्लोबल कलेक्सन
– शुक्रबार– ११६ करोड
– शनिबार– १२० करोड
– आइतबार– १२० करोड
– सोमबार– ६९ करोड
– मंगलबार– ५६ करोड
– बुधबार– ४६.६० करोड
– बिहीबार– ३५.७० करोड
– कूल सङ्कलन– ५६३.३० करोड
एनिमलले पहिलो हप्तामा यी रेकर्ड तोड्यो
– पहिलो हप्तामा तेस्रो सबैभन्दा धेरै कमाउने हिन्दी फिल्म बन्यो ।
– पहिलो हप्तामा सबैभन्दा धेरै कमाउने गैर–होलिडे रिलीज भयो ।
– सबैभन्दा धेरै कमाउने ’एडल्ट सर्टिफिकेट’ पाउने चलचित्र बन्यो ।
– अन्य फिल्मसँग टक्कर भए पनि, यो पहिलो हप्तामा सबैभन्दा धेरै कमाउने फिल्म बन्यो ।
हिन्दी संस्करणमा सबैभन्दा धेरै कमाउने चलचित्रहरू
– जवान– ३२७.८८ करोड (बिहीबारदेखि बुधबार)
– पठान– ३१८.५० करोड (बुधवारदेखि मंगलबार)
– एनिमल– ३००.८१ करोड (शुक्रबारदेखि बिहीबार)
– गदर २– २८४.६३ करोड (शुक्रबारदेखि बिहीबार)
अर्कोतर्फ, एनिमलसँग रिलिज भएको विक्की कौशलको फिल्म साम बहादुरले अहिलेसम्म ३८.८ करोडको बक्स अफिस कलेक्सन गरेको छ । फिल्मले बिहीबार ३ करोड कमाएको छ ।
एनिमलसँग जुधेको कारण सामबहादुरलाई निकै घाटा भएको छ । यो फिल्म एक्लै रिलिज भएको भए अहिलेसम्म ५० देखि ७० करोड रुपैयाँ कमाउन सक्थ्यो । विश्वव्यापी रूपमा यो फिल्मको कलेक्सन ४९.७५ करोड पुगेको छ । फिल्मले ओपनिङ डेमै ६.२५ करोड कमाएको थियो ।
सन् २०१८ मा रिलिज भएको रणवीर कपुरको फिल्म सञ्जुले विश्वभर ५८६ करोड रुपैयाँ कलेक्सन गरेको थियो । यो रणवीरको अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने फिल्म हो । एनिमलले जति कमाइ गरिरहेको छ, त्यसले ‘सञ्जु’को कीर्तिमान तोड्ने निश्चित छ ।