काठमाडौं- आज बिहान मात्रै सञ्चालनमा आएको बीपी राजमार्गमा सुक्खा पहिरोले टाटासुमो गाडी पुरेको छ भने, पहिरोमा पुरिएको गाडी निकाल्न गएको डोजर समेत पल्टिएको छ ।
काभ्रेको रोशी गाउँपालिका ११ पिप्लेमा खसेको सुक्खा पहिरोले खोटाङबाट काठमाडौंतर्फ आउँदै गरेको ना. १ ज. ६८१७ नम्बरको सुमोलाई पुरेको हो ।
यसैगरी सिन्धुलीबाट काठमाडौं आउँदै गरेको बा. ४ ख. ४३५२ नम्बरको बसलाई पनि सोही ठाउँको पहिरोले रोशी खोलामा धकेलेको छ ।
पहिरोमा पुरिएको सुमोमा मानवीय क्षति भने नभएको काभ्रे प्रहरीले जनाएको छ । साथै प्रहरीले सो सडक खण्डबाट यात्रा नगर्न पनि अनुरोध गरेको छ ।