पाठशाला न्यूज
 २०८३ वैशाख ९, बुधवार    

दिल्ली पब्लिक स्कुल बसको प्रयोग गरि वीरगंज भन्सारमा तस्करी

२०८१ श्रावण ५, शनिवार ०७:४६ बजे

जलेश्वर सर्राफ 

वीरगंज- विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीले दिल्ली पब्लिक स्कूल वीरगंजको बसमा चेकजाँच गर्ने क्रममा तस्करीको सामानहरु बरामद गरेको छ। 

दिल्ली पब्लिक स्कुलको बसले रक्सौलबाट विद्यार्थी लैजाने ल्याउने क्रममा बसमा रहेका उक्त तस्करीका सामानहरु सशस्त्र प्रहरीले चेकजाँच गर्दा बरामद गरेको हो । बरामद भएका सामानहरुमा ५ पोका कपडा,१० लिटरको ३ वटा मोबिलका जार तथा ग्रीजहरु लगायतका छन् ।

दिल्ली पब्लिक स्कुलको प्रदेश २-०३ ००१क ०११६ नम्बरको बससहित बसका चालक ३२ वर्षीय बारा परवानीपुर गा.पा.-४ बस्ने किशोरी राम र सहचालक ४१ वर्षीय पर्सा वीमनपा-११ श्रीपुरका दिपक गिरी प्रहरी नियन्त्रणमा रहेको र थप कारवाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।