पाठशाला न्यूज
 २०८३ वैशाख ९, बुधवार    

कतिबेला छ आज घटस्थापनाको साइत?

२०८१ आश्विन १७, बिहीवार ०८:५१ बजे

जलेश्वर सर्राफ 

वीरगंज- आज घटस्थापनाको साइत बिहान ९:१६ बजे रहेको माइस्थान मन्दिर समितिले जनाएको छ।

आजदेखि दुर्गा माता का तीन रूप—महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा ९ दिनसम्म नियमपूर्वक गरिन्छ।

नेपाली पन्चाङ्ग अनुसार यस वर्षको बडादशैं आज मिति २०८१/०६/१७ गतेदेखि सुरु भएको छ, जसलाई १५ दिनसम्म धूमधामका साथ मनाइने गरिन्छ। आज घटस्थापनाका साथै दुर्गा पूजाको समेत आरम्भ भएको छ।

घर-घरमा नियमपूर्वक दियो, कलश र गणेश स्थापना पश्चात शक्तिकी देवी दुर्गाको आगमनको निमित्त गरी पूजा-आजा गरिन्छ। आजको नित्य-कर्म पश्चात पूजाकोठामा जमरा राख्ने पुरानो किवदन्ती अनुसारको परम्परा रहेको छ, रोपिएको जौँ लाई विजयादशमीका दिन टीका प्रसादसँगै ग्रहण समेत गरिन्छ।

दशैको अवसरमा देशभरका शक्तिपीठहरुमा भक्तजनहरु तथा आस्थावानहरुको व्यापक भीड लाग्ने गर्छ। विजयादशमीको टीकाको साइत असोज २६ गते ११:३६ बजे परेको छ, भने दुर्गा देवी विसर्जनको साइत बिहान ८:३३ बजे रहेको जानकारी गहवामाई मन्दिर समितिले जनाएको छ।