पाठशाला न्यूज
 २०८३ वैशाख ९, बुधवार    

वीरगंज प्रहरीले किन पक्राउ गर्दैन दोहोरो नागरिकता भएका यि ६ जना अपराधीहरुलाई?

२०८१ जेष्ठ ९, बुधवार ०८:०८ बजे

रामनाथ साह सोनार नेपालमा कुख्यात सुन तस्करको नामले परिचित छन् । उनका माईला छोरा सन्दीप सरार्फलेसमेत आफ्नो बुवाले सञ्चालन गरेको सुनतस्करी र हुण्डीको कारोवारमा सघाउँदै आएका छन् । उनीहरुको वीरगंज माईस्थान ३ नम्बर रोडमा आर.के.एण्ड सन्स नामक सुनचाँदी कारोवार गर्ने पसलको आडमा अवैध धन्दा चलाउँदै आएका छन् । स्मरण रहोस् २०८० साल पुस १७ गते आन्तरिकराजस्व कार्यालयका टोलीले आर.के एण्ड सन्स नामक पसलमा छापामारी गरी विभिन्न कागज पत्र तथा विल भौचर नियन्त्रणमा लिएर छानविन प्रक्रिया अगाडी बढाउदा रामनाथ साह सोनारको छोरा सन्दिप सरार्फ लाई १७ करोड ९५ लाख जरिवाना गरेको थियो। हाल सन्दिप सरार्फ फरार रहेका छन्। प्रहरीले उनको खोजतलास जारी राखेको छ।

जलेश्वर सर्राफ

विरगंज- जिल्ला प्रशासन कार्यालय पर्सामा झुटा विवरण पेश गरी एकाघरका सात जना भारतीय नागरिकले नेपाली नागरिकता लिएका छन्। 

भारतको विहार राज्यअन्तर्गत पर्ने आदापुर क्षेत्र स्थित हरपुरथाना श्रीसिया कला वार्ड नं–४ स्थायी ठेगाना भएका रामनाथ साह सोनार र निजकी श्रीमती कान्ति देवी, स्व.शम्भु साह सोनार र नीजकी श्रीमती पार्वती देवी र शम्भु र पार्वतीका छोरा गोपालप्रसाद सोनार तथा भारतमा बच्चा साह नामले चिनिने रामनरेश साह सोनार र निजकी श्रीमती मञ्जुदेवीले नेपाली नागरिकता लिएका हुन्।

तस्बिर: भारतिय नागरिक भएको प्रमाण 

नागरिकता व्यक्तिको व्यक्तिगत पहिचान हो । नागरिकता राज्य र व्यक्तिबीचको सूचकको अवस्था पनि हो । कानुनको अभावमा नेपालीहरुले नै नागरिकता प्राप्त गर्न लामो संघर्ष गर्नुपर्यो । नागरिकताजस्तो संवेदनशील विषयमा राज्य गम्भीर हुन नसक्दा आफ्नै देशका नागरिक नागरिकताबाट बञ्चित हुनु परिरहेको बिधमान अवस्था रहेतापनि अधिकारप्राप्त केही कर्मचारीको लापरवाही र आर्थिक प्रलोभनमा गैरनेपालीले भने नेपाली नागरिकता लिएर आपराधिक गतिविधिमा संलग्न भइरहेका छन् ।

तस्बिर: नेपालको र भारतको दोहोरो मतदाता परिचयपत्र (साभार)

दोहोरो नागरिकता लिने कार्यमा संलग्न भारतीय नागरिकहरुको भारतको विहार राज्यका अदालतमा पनि विभिन्न अपराधमा संलग्न रहेको भन्दै मुद्दा चलिरहेको खुलेको छ । उनीहरु नेपाली नागरिकताको आडमा नेपालमा पनि विभिन्न अपराध कर्ममा संलग्न रहेको र त्यसबाट अकुत सम्पत्ति कमाउन सफल भएका छन् । उनीहरुविरुद्द लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा अहिले पनि मुद्दा पर्सा जिल्ला अदालत तथा चितवन जिल्ला अदालतमा विचाराधिन अवस्थामा छ ।

नेपालमा रामनरेश साह सोनारको नामले नेपाली नागरिकता प्राप्त गरेका (भारतमा बच्चा साह सोनारको नामले चिनिएका) उनीहरु भारतमा पनि विभिन्न अपराधिक गतिविधिमा संलग्न छन् । उनीहरुको नाममा विहारको मोतीहारी जिल्ला अदालतमासमेत अनेकौ मुद्दा रहेको छ । भारतमा पनि आपराधिक छवि बनाएका उनीहरु नेपाली नागरिकता पाएपछि यहाँ पनि सुन चाँदीको तस्करी, अवैध भारतीय रुपैयाको कारोबार हुन्डी लगायत लागूऔषध ओसार पसार तथा कारोबारमासमेत संलग्न रहेका छन् ।

रामनाथ साह सोनार नेपालमा कुख्यात सुन तस्करको नामले परिचित छन् । उनका माईला छोरा सन्दीप सरार्फलेसमेत आफ्नो बुवाले सञ्चालन गरेको सुनतस्करी र हुण्डीको कारोवारमा सघाउँदै आएका छन् । उनीहरुको वीरगंज माईस्थान ३ नम्बर रोडमा आर.के.एण्ड सन्स नामक सुनचाँदी कारोवार गर्ने पसलको आडमा अवैध धन्दा चलाउँदै आएका छन् । स्मरण रहोस् २०८० साल पुस १७ गते आन्तरिकराजस्व कार्यालयका टोलीले आर.के एण्ड सन्स नामक पसलमा छापामारी गरी विभिन्न कागज पत्र तथा विल भौचर नियन्त्रणमा लिएर छानविन प्रक्रिया अगाडी बढाउदा रामनाथ साह सोनारको छोरा सन्दिप सरार्फ लाई १७ करोड ९५ लाख जरिवाना गरेको थियो। हाल सन्दिप सरार्फ फरार रहेका छन्। प्रहरीले उनको खोजतलास जारी राखेको छ।

त्यसैगरी, भारतमा बच्चा साह सोनारको नामले कुख्यात पहिचान बनाएका रामनरेशले अहिले वीरगंजको माईस्थानमा जय माँ दुर्गे ज्वेलर्स, माँ दुर्गे मनि चेन्जर र मा दुर्गे मनि ट्रान्सफर सञ्चालन गरिरहेका छन्।

उनले त्यसैको आडमा सुन चाँदीको तस्करी, अवैध भारतीय तथा विदेशी मुद्राको कारोवार र लागुऔषधकोसमेत कारोवार सञ्चालन गर्ने गरेका छन् । अवैध कारोबारको आडमा उनले अकुत सम्पत्ति आर्जन गरेका छन् । उनि र उनकी श्रीमती मन्जु देवी सोनारिनको नाममा अहिले चितवन जिल्ला अदालतमा लागुऔषध (खैरो हेरोईन) कारोवारमा संलग्न रहेको अभियोगमा मुद्दा विचाराधीन अवस्थामा रहेको छ भने सम्पत्ति शुद्धीकरण विभाग पुल्चोक ललितपुरले बच्चा साह भन्ने रामनरेश साह सोनारको अवैध सम्पतिको विवरण माग गरे पश्चात् उनी अहिले लुकी छिपी हिड्ने गरेका छन्।

पर्सा प्रहरीद्धारा हुण्डीको रकम सहित प्रकाउ परेका गोपाल सोनार तस्बीर फाईल फोटो

रामनरेशका भतिज पर्ने गोपालप्रसाद सोनार पनि उक्त अवैध धन्दामा संलग्न रहेका छन् । निजहरुमाथि जिल्ला प्रशासन कार्यालय पर्सामा दोहोरो नागरिकता मुद्दा तथा सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान विभागमासमेत मुद्दा परिसकेको छ । त्यसैगरि जिल्ला प्रसाशन कार्यालय पर्साले नागरिकता छानविनका लागि गृहमन्त्रालयमासमेत सिफारिस गरिसकेको तथ्य सार्वजनिक भएको छ । हालसम्म निजहरु निर्धक्कका साथ आफ्नो कारोवार सञ्चालन गरिराखेका छन् ।

रामनाथ साह सोनारको नेपाली नागरिकतामा स्थायी ठेगाना विरगंज नगरपालिका वडा नम्बर–९ उल्लेख छ । उनको जन्म मिति २०२२ फागुन ५ गते उल्लेख छ । उनको बाबुआमाको नाम महादेव साह सोनार र वास्मती देवी सोनारिन उल्लेख गरिएको छ । रामनाथको नागरिकता नम्बर ०४४६२०२५ रहेको छ ।

त्यसैगरी, रामनाथका भतिजा गोपालप्रसाद सोनारको नागरिकतामा जन्म मिति २०३३ चैत्र ७ गते रहेको छ । भने उनको बाबुको नाम शम्भु साह सोनार उल्लेख छ । उनको नागरिकता नम्बर ०४४६२२१९ रहेको छ । त्यसैगरी, राम नरेश साह सोनारको जन्म मिति २०२५ मंसिर ११ गते रहेको छ । उनको नागरिकता नम्बर ०४४६२१७८ रहेको छ । उनी रामनाथका भतिजा हुन् । नागरिकतामा उनको श्रीमतीको नाम मञ्जु देवी सोनार रहेको छ । मञ्जुदेवी सोनारसँग पनि नेपाली र भारतीय दोहोरो नागरिकता रहेको छ । उनको नेपाली नागरिकतामा जन्म मिति २०२७ साल उल्लेख छ । मञ्जुदेवीको नेपाली नागरिकता नम्बर २१५८ हो ।

उनीहरुको नागरिकता छानविनका लागि जिल्ला प्रशासन कार्यालयमा पटक–पटक उजुरीसमेत परेको छ । उनीहरुविरुद्ध २०७८ साल कात्तिक १ गतेदेखि कै उजुरी जिल्ला प्रशासन कार्यालय पर्सामा तामेलीमा रहेको छ । नागरिकताजस्तो संवेदनशील विषयमा प्रश्न उठ्दा र उनीहरु नेपाली नागरिकताकै आडमा अवैध धन्दामा संलग्न हुँदा पनि राज्य मौन छ । उल्टै उनीहरुविरुद्धको उजुरी वर्षौदेखि तामेलीमा राखिनु आश्चर्यजनक छ । नागरिक राज्यको सम्पत्ति र गहना पनि हुन् । नागरिकले गरेका कार्यका जस अपजसको भागिदार राज्य हुनुपर्दछ । नागरिकका क्रियाकलापले देशको अन्तराष्ट्रिय छविलाई समेत प्रभाव पारिरहेको हुन्छ । यसरी नेपाली नागरिकता सजिलै लिन सकिने र नेपालीको पहिचान बनाएर आपराधिक गतिविधिमा संलग्न भइरहने हो भने भोलिका दिनमा नेपाली नागरिकताको अस्तित्व नै समाप्त हुन्छ । उक्त घट्नाका बारेमा गृह प्रशासन र सम्बन्धित निकायले बेलैमा विचार पुर्याएर उचित कारबाही प्रक्रिया अगाडि बढाउन आवश्यक छ।तर यिनिहरुले अहिले हाम्रो पहुँच प्रधानमन्त्री र गृहमन्त्री सम्म रहेकोले हामीलाई कारवाही गर्न त्यति सजिलो छैन भनि हिडिरहेका छन्।

दोहोरो नागरिकता लिएको प्रमाणहरु हेर्नुहोस्