पाठशाला न्यूज
 २०८३ वैशाख ९, बुधवार    

गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीले नेपाली कांग्रेसलाई बोलाए छलफलमा

२०८१ वैशाख ३०, आइतवार ०८:४० बजे

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदको गतिरोध अन्त्य गर्न नेपाली काँग्रेसलाई छलफलका लागि बोलाएका छन् ।

नेपाली कांग्रेसले संसद अवरुद्ध गर्दै आएकाले सहमतिका लागि प्रधानमन्त्रीले आज ९ बजे छलफलमा बोलाएका हुन् ।

यसअघि शुक्रवारदेखि सुरु भएको बजेट अधिवेशनमा गृहमन्त्री रवि लामिछानेसमेत जोडिएको सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनु पर्ने अडान राखेर नाराबाजी गरेको थियो ।

जेठ १ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने तर नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै संसद अवरुद्ध गर्दै आएकोले सो गतिरोध अन्त्यका लागि भनेर प्रधानमन्त्रीले छलफलका लागि भनेर नेपाली कांग्रेसलाई बोलाएका हुन्।