चितवन- नारायणगढ मुग्लिन सडक खण्डको १७ किलो भन्ने स्थानमा आज बिहान ३ बजेतिर माइक्रोबस र बस आपसमा ठोक्किएर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
मुग्लिङबाट नारायणगढ जाँदै गरेको बाप्र ०६-००१ज ०२९८ नम्बरको इलेक्ट्रिक माइक्रोबस र नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको बाप्र ०३-००१ ख २८१२नम्बरको बस ठोक्किदा तीन पुरुष र एक महिलाको मृत्यु भएको हो।
माइक्रोमा सवार गोर्खको आरुघाट गाउपालिका १ मान्बुका ४२ वर्षिय राज बहादुर गुरुङको मृत्यु भएको पुष्टि भएको छ भने अन्य दुई पुरुष र एक महिलाको परिचय खुलेको छैन।मृतक सबै माइक्रोबसमा सवार यात्रु रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
घाइतेहरुको भरतपुर अस्पताल र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।