पाठशाला न्यूज
 २०८३ वैशाख ९, बुधवार    

युरोपियन युनियनका राजदूत लोरेञ्जो र प्रचण्डबीच शिष्टाचार भेट

२०८१ आश्विन १७, बिहीवार १०:४४ बजे

काठमाडौं- नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जो र पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल बिच शिष्टाचार भेट भएको छ।

आफ्नो निवास खुमलटारमा भएको भेटमा अध्यक्ष प्रचण्डले बाढी पहिरोका कारण नेपालले ठूलो जनधनको क्षति व्यहोर्नुपरेकाले यो सङ्कट समाधानमा साथ दिन युरोपियन युनियनलाई आग्रह गरे ।

बाढी पहिरोको पीडा नेपाली जनताले व्यहोर्नुपरे पनि यो विश्वव्यापी समस्याकै अङ्ग भएकाले जलवायु परिवर्तनका कारण भइरहेका यस्ता विपत्तिमा विश्वको ध्यान जानुपर्ने उनले बताए । 

राजदूत लोरेञ्जोले बाढीपहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै युरोपियन युनियनको साथ रहने बताइन् । भेटका अवसरमा नेपाल र ईयुको सम्बन्ध सुधारका विषयमा बहुआयामिक छलफल समेत भएको थियो ।

उनले नेपालको शान्ति प्रक्रिया अघि बढेकोमा खुशी व्यक्त गर्दै त्यसको सफल नेतृत्व गरेकोमा ईयुको तर्फबाट अध्यक्ष प्रचण्डलाई बधाई पनि दिइन् ।