काठमाडौं- पेरिस मास्टर्सको उपाधि जर्मनीका अलेक्जेन्डर जेरेभले जितेका छन्।
जेरेभले फ्रान्सका युगो हम्बर्टलाई ६–२, ६–२ को सेटमा हराएर पेरिस मास्टर्सको उपाधि जितेका हुन्।
तेस्रो वरीयताका जेरेभको यो सातौँ मास्टर्स उपाधि हो। पेरिसमा भने उनी पहिलो पटक च्याम्पियन बने।
यस नतिजासँगै जेरेभ यस वर्ष एटिपी टुरमा ६६ औं सफलतासहित सर्वाधिक खेल जित्ने खेलाडी बनेका छन्।