काठमाडौं- परराष्ट्र मन्त्री आरजु राणा आज पाँच दिने भारत भ्रमणमा जाँदै छिन् ।
शनिबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले भारतीय विदेश मन्त्री एस जयशंकरको निमन्त्रणमा परराष्ट्र मन्त्री राणाले १८ देखि २२ अगस्ट अर्थात् २ देखि ६ भदौसम्म भारत भ्रमण गर्ने जानकारी गराएको छ ।
भ्रमणका क्रममा भारतीय विदेश मन्त्री जयशंकरसँग दुई पक्षिय हित र नेपाल भारत सम्बन्धका विविध पक्षमा कुराकानी हुने मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।