पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

रूस भित्र लामो दुरीमा हमला गर्न अनुमति दिने अमेरिकाको संकेत, नाटोसँग युद्ध हुने पुटिनको चेतावनी

२०८१ भाद्र २८, शुक्रवार १८:०० बजे

काठमाडौं- संयुक्त राज्य अमेरिकामा बनेका हतियारहरू प्रयोग गरेर रूस भित्र लामो दुरीमा हमला गर्न अनुमति दिने पक्षमा अमेरिकाले गृह कार्य गरिरहेको अमेरिकी राष्ट्रपती जो वाइडले मंगलबार पत्रकारहरुसँग कुराकानी गर्दै सङ्केत दिएका छन्। 

तर हालसम्म अमेरिकाले युक्रेनलाई सीमा पारी छोटो दूरीमा मात्र हमला गर्नका लागि आफ्ना हतियारहरू प्रयोग गर्न अनुमति दिएको छ।

यससँगै पश्चिमी राष्ट्रहरूले युक्रेनलाई रुस भित्र आक्रमण गर्न लामो दूरीको हतियार प्रयोग गर्न अनुमति दिनु भनेको यस युद्ध नाटो र रसिया बिच हुनु हो भनि राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिएका छन् । 

युक्रेनलाई लामो दुरीका क्षेप्यास्त्र दिने विषयमा चलिरहेको छलफलका बीच पुटिनले नेटोसँग रुसको युद्धको खतरा रहेको चेतावनी दिएका हुन्।

पुटिनले युरोप र अमेरिकाले कीभलाई रुसको भित्री भागमा लामो दूरीको मिसाइलले आक्रमण गर्न अनुमति दिएमा नाटो र रुसबीच युद्ध हुन सक्ने चेतावनी दिएका हुन् ।

पुटिनले सरकारी टेलिभिजनमा युक्रेन युद्धमा नेटो देशहरू, अमेरिका र युरोपेली देशहरूको प्रत्यक्ष संलग्नता हुने बताएका छन् । उनले भनेका छन्- 'यो उनीहरूको प्रत्यक्ष संलग्नता हो र स्पष्ट रूपमा यसले यस द्वन्द्वको आधारभूत प्रकृतिलाई परिवर्तन गर्नेछ । यदि यस्तो भयो भने, हामीमाथिको खतराका आधारमा हामीले निर्णय लिनुपर्नेछ ।'

यसैबीच रुसी सञ्चारमाध्यमका अनुसार मस्कोले छ जना बेलायती कूटनीतिज्ञहरूलाई जासुसी गरेको आरोप लगाउँदै उनीहरूको मान्यता रद्द गरेको छ । रुसको गुप्तचर एजेन्सी एफएसबीले उनको गतिविधि देशको सुरक्षाका लागि खतरा भएको बताएको छ ।

उता युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बारम्बार पश्चिमी राष्ट्रबाट प्राप्त गरिएको लामो दूरीको हतियारहरूमाथि प्रतिबन्ध हटाउन आह्वान गरेका थिए ताकि उनका सेनाहरूले रुस भित्र गहिरो एयरफिल्ड, गोला बारुद डिपो र कमाण्ड सेन्टरहरूलाई निशाना बनाउन

सकून् ।