पाठशाला न्यूज
 २०८३ वैशाख ९, बुधवार    

हिज्बुल्लाहको आक्रमणमा चार इजराली सैनिक मारिए, ५० जना घाइते ७ जनाको अवस्था गम्भिर

२०८१ आश्विन २८, सोमवार ०८:३६ बजे

जेरुसेलम- इजरायली डिफेन्स फोर्स (इडिएफ)ले जनाए अनुसार लेबनान सीमाको ४० माइल पर रहेको सैन्य शिविरमा हिजबुल्लाहले गरेको आक्रमणमा चार जना इजरायली सेना मारिनुको साथै ५० भन्दा बढी घाइते भएका छन्। घटनामा ७ सैनिकको अवस्था गम्भी रहेको बताइएको छ।

गत अक्टोबरमा युद्ध सुरु भए यता इजरायलमाथि भएको यो ठुलो आक्रमण हो।

बिहीवार इजरायलले लेबनानको विभिन्न भागमा गरेको आक्रमणका कारण २२ जनाको ज्यान जानुको साथै ११७ जना घाइते भएका थिए।

अहिले मध्यपूर्वमा अन्तर्राष्ट्रिय निकायसँग पनि इजरायलको तनाव बढी रहेको छ। युनिफिलका ५ जना घाइते भएपछि लेबनानमा रहेको राष्ट्र सङ्घीय पिस किपिङ कोर्सले पनि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई लेबनान छाड्न भनेको हो।

शान्ति मिसनमा ४० देशका सेना कार्यरत छन्। लेबनानमा प्रवेश गरेको दुई वटा ट्याङ्क भने आइतबार साँझ नै इजरायलमा फर्केको छ। इजरायलले हिजबुल्लाहलाई फेरि दक्षिणी लेबनानको गाउँमा आउन नदिने बताएको छ।