पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान

२०८१ आश्विन ४, शुक्रवार १०:३२ बजे

काठमाडौं- संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिश प्रकाशमान सिंह राउतविरुद्ध उजुरी दिन आह्वान गरेको छ ।

शुक्रवार एक सूचना प्रकाशित गर्दै समितिले १० दिन भित्र कार्यालय समयमा उजुरी दिन आव्हान गरको हो ।

समितिले उजुरीकर्ताले आफ्नो नाम र ठेगाना स्पष्ट खुलाउनुपर्ने र निजले गोप्य राख्न चाहेमा समितिले गोप्य राख्ने उल्लेख गरिएको छ । 

राउतलाई संवैधानिक परिषदको भदौ ३१ को बैठकले नेपालको प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो ।