पाठशाला न्यूज
 २०८३ वैशाख ९, बुधवार    

उपनिर्वाचनमा रौतहट एमालेले छान्यो आफ्ना उमेद्वारहरु

२०८१ कार्तिक २१, बुधवार १३:३२ बजे

रौतहट- अगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि नेकपा एमाले रौतहटले आफ्नो उम्मेदवार चयन गरेको छ ।

उपनिर्वाचनका लागि निर्वाचन आयोगले मङ्सिर २ गते उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका सार्वजनिक गरे पछि रौतहट एमालेले आफ्ना उमेद्वारहरु चयन गरेको हो।

उपनिर्वाचनमा रौतहटको छुट्टाछुट्टै पालिकामा तीनवटा वडाहरूमा निर्वाचन हुँदैछ । राजपुर नगरपालिका वडा ६, इशनाथ नगरपालिका वडा ७ र गढीमाई नगरपालिका वडा नम्बर ८ मा उपनिर्वाचन हुँदैछ ।

नेकपा एमालेको जिल्ला सचिवालय बैठकले राजपुर नगरपालिका ६ को वडा अध्यक्षमा नासिम अख्तर, इसनाथ नगरपालिका ७ को वडा अध्यक्षमा शेख अनवर र गढीमाई नगरपालिका ८ मा जिउती देवी यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।