पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

आर्सनलद्वारा साउथहम्पटन ३-१ ले पराजित

२०८१ आश्विन २०, आइतवार ०८:०७ बजे

काठमाडौं- इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले साउथहम्पटनलाई पराजित गरेको छ ।

शनिवार सम्पन्न खेलमा आर्सनलले साउथहम्पटनलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको जितमा काइ हाभर्ट, गाब्रियल मार्टिनेली र बुकायो साकाले एक एक गोल गरेका थिए । त्यसैगरी साउथहम्पटनका लागि क्यामरुन आर्चरले एक गोल गरेका थिए ।

यो जितपछि आर्सनलको ७ खेलमा १७ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । 

त्यसैगरी साउथहम्पटनको भने यस सिजनमा यो छैटौं हार हो । ७ खेलमा एक अंकसहित साउथहम्पटन १९औं स्थानमा छ ।