पाठशाला न्यूज
 २०८३ वैशाख ९, बुधवार    

नेपाल काभा महिला भलिबलको फाइनलमा, उपाधिका लागि भारतसँग खेल्ने

२०८१ श्रावण २२, मङ्गलवार १८:५२ बजे

काठमाडौं- नेपाल काठमाडौंमा जारी काभा महिला भलिबलको फाइनलमा पुगेको छ ।

नेपालले सेमिफाइनलमा इरानलाई ३-० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

अब नेपालले फाइनलमा भारतको सामना गर्ने छ । भारतले आजै सम्पन्न पहिलो सेमिफाइनलमा श्रीलंकालाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।

अब फाइनल खेल बुधबार साँझ ५ बजेदेखि हुने छ ।