काठमाडौं- शनिवार राति इत्तिहाद स्टेडियममा भएको खेलमा म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा वेस्ट ह्याम युनाइटेडविरुद्ध सहज जीत हासिल गरेको छ । सिटीले वेस्ट ह्यामलाई ४–१ ले हराएको हो ।
एर्लिङ हालान्डको २ गोलको सहयोगमा वेस्ट ह्याम युनाइटेडविरुद्ध म्यानचेस्टर सिटीले जीत निकालेको हो । पहिलो हाफको १०औँ मिनेटमा वेस्ट ह्यामका भ्लादिमिर काउफलको उपहार गोलमा सिटीले सुरुवाती अग्रता बनाएको थियो।
खेलका ४३ र ५५औँ मिनेटमा हालान्डको गोलमा सिटीले ३–० को अग्रता बनायो । हालान्डका दुवै गोलमा साभिन्होले असिस्ट गरेका थिए।