पाठशाला न्यूज
 २०८१ बैशाख २५, मंगलबार    

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

२०८१ बैशाख १४, शुक्रबार २०:०९ बजे

काठमाडौं- अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका छन् । चीनको भ्रमणमा रहेका ब्लिन्कनले शुक्रबार राष्ट्रपति सीसँग भेटवार्ता गरेका हुन् । 

भेटपछि ब्लिन्कनले जिनपिङसँग चीनको समर्थन बिना रुसले यस युद्धमा कठिनाइहरूको सामना गर्ने बताएको उल्लेख गरेका छन् ।

सो भेटमा जिनपिङले चीन र अमेरिकाले प्रतिस्पर्धीका रूपमा नभई सहयोगीका रूपमा काम गर्नुपर्ने बताएका थिए । उनले प्रतिस्पर्धाको दुष्चक्रमा फस्नबाट जोगिनु पर्नेमा जोड दिएका थिए ।

तर, यस भ्रमणको सुरुमा चिनियाँ विदेशमन्त्री वाङ यीले ब्लिन्केनलाई अमेरिकाले चीनको मामिलामा सीमा नाघ्न नहुने बताएका थिए ।

अमेरिकी विदेशमन्त्री ब्लिन्केन अप्रिल २४ देखि चीनको तीन दिने भ्रमणमा छन् ।