पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

बिहे गर्दै बलिउड अभिनेत्री रकुलप्रीत सिंह

२०८० पौष १७, मङ्गलवार १८:०१ बजे

काठमाण्डौं : बलिउड अभिनेत्री रकुलप्रीत सिंह विवाह गर्दैछिन् । उनले निर्माता ज्याकी भगनानीसँग विवाह गर्न लागेकी हुन् ।
भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार उनीहरूले २२ फेब्रूअरीमा गोवामा विवाह गर्न लागेका हुन् । विवाह समारोहमा परिवारका सदस्य र नजिकका साथीभाइ मात्र सहभागी हुनेछन् । रकुल र ज्याकी करिब दुई वर्षदेखि प्रेम सम्बन्धमा छन् ।
रकुलले सन् २००९ मा कन्नड फिल्म ’गिली’ बाट अभियनमा डेब्यू गरेकी थिइन् ।उनले सन् २०१४ मा ’यारियाँ’ बाट बलिउडमा डेब्यू गरेकी थिइन् ।
ज्याकीले ’कठपुतली, गणपत, मिसन रानीगन्ज’ लगायत फिल्म निर्माण गरेका छन् । उनी अक्षय कुमार र टाइगर श्राफको मुख्य भूमिका रहने फिल्म ’बडे मिया छोटे मिया’ निर्माण गर्दैछन् ।