पाठशाला न्यूज
 २०८३ वैशाख ९, बुधवार    

गौर आउँदै गरेको र वीरगंजबाट काठमाडौं जाँदै गरेको बस त्रिसुलीमा खसेर बेपत्ता

२०८१ आषाढ २८, शुक्रवार ०७:४१ बजे

फाइल तस्वीर 

चितवन- नारायणगढ–मुग्लिन सडकको सिमलतालमा पहिरोले बगाएको दुईवटा बस त्रिशूलीमा बेपत्ता भएका छ । दुबै बसमा चालकसहित ६५ जना रहेको अनुमान गरिएको छ।

आज बिहान ३:३० बजे काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स र वीरगंजबाट काठमाडौं जाँदै गरेको एन्जल डिलक्स बस त्रिसुलीमा खसेका हुन् । पहिरो सहितको लेदोले बस बगाउँदा दुबै बस त्रिसुलीमा खसेका हुन्।

जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार अनुसार गौर जान आउँदै गरेको बसमा ४१ जना र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए । उनले भने, “हामी घटनास्थलमा छौँ । पानी परिरहेकाले छ । उद्धारको काम थालिएको छ । पहिरो पन्छाउन सुरु गरिएको छ ।” उनले यकिन विवरण भने आई नसकेको बताए ।