काठमाडौं- आज देशको पहाडी भूभागका केहि स्थानमा हल्का वर्षा हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागको छ।
विभागका अनुसार हाल देशभर स्थानीय र पश्चिमी वायु तथा भारत उडिसाको आकाशमा विकसित न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ।
आज दिउँसो देशका पहाडी भेगका केही ठाउँमा हल्का वर्षा हुने सम्भावना छ।
आज राति कोशी प्रदेशका पहाडी भेगका १-२ स्थानमा हल्का वर्षा हुने सम्भावना छ।