नयाँ दिल्ली- भारतको लरेन्स बिश्नोई गिरोहले सामाजिक सञ्जालमा एक पोस्ट शेयर गर्दै बाबा सिद्दिकीको हत्याको जिम्मेवारी लिएको छ ।
गए राति गोली हानेर एनसीपी नेता बाबा सिद्दिकीको हत्या गरिएको थियो । गोली लागेका सिद्दिकीलाई मुम्बईको लिलावति अस्पतालमा भर्ना गरिएको थियो। प्रहरीले दुई आक्रमणकारीलाई पक्राउ गरेको थियो ।
लरेन्स बिश्नोई गिरोहले अभिनेता सलमान खानलाई पनि धम्की दिएको छ । सिद्दिकीमाथि गोली प्रहार भएपछि सलमान खानको घरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सलमान सिद्दिकीसँग नजिक थिए ।
बाबा सिद्दिकीको अन्त्यष्टी आज राती साढे सात बजे गर्ने उनको छोराले बताएका छन्।