पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

मनोहरा खोला बस्तीमा पसेपछि अस्थायी बार लगाईयो

२०८१ आषाढ २२, शनिवार १८:१६ बजे

भक्तपुर- भक्तपुर जिल्लाको चागुनारायण नगरपालिका–१ स्थित राई टोलमा मनोहरा खोलामा बाँस र जस्तापाताले अस्थायी बार बनाइएको छ ।

नदीको बहाव बढेर बस्तीमा  पानी पसेपछि भक्तपुरबाट खटिएको सुरक्षा फौजले बस्ती ईलाका कटान नियन्त्रणका लागि बास र जस्तापाताले अस्थायी बार बनाएको छ ।

प्रहरीले लगातारको बर्षापछि नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरेको छ ।