पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

देशभर २० हजारमा डेंगु संक्रमण, ९ ले गुमाए ज्यान 

२०८१ कार्तिक २, शुक्रवार १७:१२ बजे

काठमाडौं- ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)को पछिल्लो तथ्याङ्क अनुसार डेंगु संक्रमणको सङ्ख्या १९ हजार पाँच ९९ पुगेको छ । डेंगु संक्रमणबाट हालसम्म ९ जनाले ज्यान गुमाइसकेका छन्।

डेंगु संक्रमण मुलुकका ७६ जिल्लासम्म फैलिएको महाशाखाले जनाएको छ। डेंगु संक्रमण सबैभन्दा बढी काठमाडौंमा फैलिएको छ। काठमाडौंमा डेंगु संक्रमणबाट हालसम्म ३ हजार १०३ जना प्रभावित भएका छन् ।

यस्तै कास्कीमा २ हजार आठ सय ४७ जनामा डेंगु संक्रमण देखिएको छ । तनहुँमा २ हजार १०७, पर्वतमा १ हजार ५ सय ६२, चितवनमा ९ सय ७१, ललितपुरमा ८ सय २७, गोरखामा ५ सय ८८, बाग्लुङमा ६ सय १०, भक्तपुरमा ३ सय ५५ तथा स्याङ्जामा ३ सय ३५ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको महाशाखाले जनाएको छ।