काठमाडौं : जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा गुजरात टाइटान्सले चेन्नइ सुपर किंग्सलाई ३५ रनले पराजित गरेको छ । ओपनरद्वय कप्तान शुभमन गिल र साई सुदर्शनको शतकीय मद्दतमा गुजरातले चेन्नईलाई हराएको हो ।
१३२ रनको लक्ष्य पछ्याएको चेन्नइले ८ विकेटको क्षतिमा १९६ रन मात्रै बनायो । चेन्नइका ड्यारील मिचेलले सर्वाधिक ६३ रन बनाए भने मोइन अलिले ५६, महेन्द्र सिंह धोनीले २६ र शिवम दुबेले २१ रन बनाए ।
गुजरातका मोहित शर्माले ३, राशिद खानले २ तथा उमेश यादव र सन्दीप वारियरले समान एक\एक विकेट लिए ।