पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

आईसीसी विश्वकप लीग २ मा अमेरिकासँग नेपाल पुन: पराजित

२०८१ कार्तिक १८, आइतवार ०७:१४ बजे

काठमाडौं- आईसीसी विश्वकप लीग २ अन्तर्गत नेपाल र अमेरिकाबीचको दोस्रो खेलमा नेपाल पुनः पराजित भएको छ।

अमेरिकाको ड्यालसमा भएको खेलमा नेपाल ३७ रनले पराजित हो। खेलको पहिलो इनिङ्समा अमेरिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २८१ रन बनाएको थियो। अमेरिकाका लागि मोनांक पटेलले सर्वाधिक ६७ रन बनाउँदा नेपालका लागि गुलशन झाले सर्वाधिक ३ विकेट लिएका थिए। 

दोस्रो इनिङ्समा २८२ रनको लक्ष्य पछ्याएको नेपाल १ बल बाँकी छँदा अलआउट भयो। त्यति बेला उसको स्कोर जम्मा २४४ रन थियो। नेपालका लागि ओपनर अनिल साहले बनाएको ५२ रनको स्कोर नै सर्वाधिक रह्यो। यस इनिङ्समा अमेरिकाका सौरभ नेत्रावल्करले नेपालको ४ विकेट लिए। 

यस शृङ्खलामा नेपाल अमेरिका र स्कटल्यान्डसँग २/२ खेल खेल्दै छ। आफ्नो पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको थियो भने स्कट्ल्यान्डलाई उसले ५ विकेटले हराएको थियो।