पाठशाला न्यूज
 २०८३ वैशाख ९, बुधवार    

रास्वपाद्वारा संसदको बिशेष अधिवेशनको माग

२०८१ कार्तिक १, बिहीवार ०१:०४ बजे

काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाको विशेष अधिवेशनको माग गरेको छ ।

रास्वपाले आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय जीवनका तमाम समसामयिक समस्याबारे तत्काल छलफल गर्न सो माग गरेको हो । 

विपद्पछिको पुनःस्थापनामा सहयोग गर्नका लागि संसद्को विशेष अधिवेशन आवश्यकपर्ने पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विशेष अधिवेशनका लागि रास्वपाले सबै राजनीतिक दलहरूको ध्यानाकर्षणसमेत गराएको छ ।