पाठशाला न्यूज
 २०८३ वैशाख ९, बुधवार    

इजरायलले लेबनानमा द्वन्द्व बढाएमा ‘ठूलो नोक्सान’ हुने हिजबुल्लाहको चेतावनी

२०८१ भाद्र ३०, आइतवार १२:२५ बजे

तस्बिर: सेप्टेम्बर १२, २०२४ मा  उत्तरी इजरायलमा इजरायल-लेबनान सीमा नजिकै हिजबुल्लाहद्वारा रकेट आक्रमण पछिको दृश्य [Avi Ohayon/Reuters]

एजेन्सी- इजरायली राजनीतिज्ञहरूले इजरायल-लेबनान सीमामा भैरहेको आक्रमणहरूको प्रतिरोधमा प्रत्याक्रमण जारी राख्दै हिजबुल्लाह विरुद्ध कारबाही गर्न आग्रह गर्दा हिजबुल्लाहको चेतावनी आएको छ।

हिजबुल्लाहका उप-नेताले इजरायललाई चेतावनी दिंदै लेबनानमा पूर्ण स्तरको युद्धले "दुवै पक्षमा ठूलो क्षति" निम्त्याउने र देशको उत्तरमा लाखौं इजरायलीहरूलाई विस्थापित गर्नेछ भनेका छन्। 

इजरायलको च्यानल १३ ले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु लेबनानसँगको उत्तरी सिमानामा "फराकिलो र बलियो अपरेशन" सुरु गर्ने भनेपछि शनिबार नइम कासिमको उक्त टिप्पणी आएको हो।

अक्टोबरमा इजरायलले गाजामा आफ्नो घातक युद्ध सुरु गरेदेखि हिजबुल्लाह र इजरायली सेनाले इजरायल-लेबनान सीमामा लगभग दैनिक गोलीबारी गर्दै आएका छन्।

लेबनानी सशस्त्र समूहले इजरायलमा गरिएका आक्रमणहरू गाजामा प्यालेस्टिनीहरूसँग ऐक्यबद्धताको फलस्वरूप भैरहेको र त्यहाँको युद्ध समाप्त हुने बित्तिकै समाप्त हुने समेत बताएको छ।

हिजबुल्लाह-इजरायल द्वन्द्वले इजरायलमा दर्जनौं मानिस माररिएका छन् भने लेबनानमा सयौं र सीमाको दुबै छेउमा हजारौं विस्थापित भएका छन्।

एएफपी समाचार एजेन्सीका अनुसार लेबनानको राजधानी बेरुतमा बोल्दै कासिमले हिजबुल्लाहको युद्धमा जाने कुनै मनसाय नभएको र यो उपयोगी नहुने ठानेको समेत बताएका छन्।