काठमाडौं - रौतहट जिल्लाको ईशनाथ नगरपालिका–१ का वडाध्यक्ष बिगु साहको उपचारका क्रममा विहीबार निधन भएको हो ।
साह बिगत केहि समय देखि मृगौलाको उपचार गरिरहेका थिए । वडाध्यक्ष साह २०७९ सालको स्थानीय तह निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट निर्वाचित भएका थिए । त्यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा उनी नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए ।