पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

गाजाको मस्जिदमा इजरायली हवाई आक्रमणमा २६ जनाको मृत्यु

२०८१ आश्विन २०, आइतवार २१:३० बजे

एजेन्सी- गाजास्थित हमासको स्वास्थ्य मन्त्रालयले मस्जिद र विद्यालयमा इजरायलले गरेको पछिल्लो आक्रमणमा २६ जनाको मृत्यु भएको जनाएको छ।

युद्धका कारण घरबारविहीन भएका मानिसहरू यस मस्जिद र विद्यालयमा बस्थे।

यस आक्रमणमा धेरै मानिसहरु घाइते समेत भएको बताइएको छ। 

स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलले आइतबार इब्न रुस्द स्कुल र अल–बालाहको अल–अक्सा सहिद मस्जिदमा हवाई आक्रमण गरेको थियो।

बीबीसीले पुष्टि गरेको भिडिओमा पनि मस्जिदभित्र शव र रगत देखिएका छन्। विद्यालयको भिडिओमा भवनमा आगो लागेको र एक व्यक्तिलाई स्ट्रेचरमा लगिरहेको देखिन्छ। 

अक्टोबर ७ मा इजरायल र हमासबीच जारी युद्ध एक वर्ष पूरा हुँदै छ।