पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

यू-१९ विश्वकप: सुपर सिक्समा नेपाल बाङ्ग्लादेशसँग ५ विकेटले पराजित

२०८० माघ १७, बुधवार १९:५७ बजे

काठमाडौं- यू-१९ विश्वकपको सुपर सिक्समा नेपाल बाङ्ग्लादेशसँग ५ विकेटले पराजित भएको छ। 

दक्षिण अफ्रिकामा भएको खेलमा नेपाल ५ विकेटले पराजित भएको हो। 

नेपालमा लागि सुवास भण्डारी एक्लैले ५ विकेट लिए।

नेपालको ब्याटिङ प्रदर्शन औसत मात्र भयो। गुलशन झाको ब्याट आज पनि चल्न सकेन। तर समूह चरणको ३ वटै खेलमा बेन्चमा बसेका विशाल विक्रम केसीले ४८ रनको योगदान दिएपछि नेपालले १७० रनको लक्ष्य दियो। दुई अङ्क सहित सुपर सिक्सको खेल शुरु गरेको बाङ्ग्लादेश सेमीफाइनल पुग्ने सम्भावना कायमै छ। उसले अर्को खेलमा पाकिस्तानलाई पराजित गर्न सकेमा र रनरेटमा पनि अगाडि रहेमा सेमिफाइनलमा पुग्न सक्छ।