पाठशाला न्यूज
 २०८३ वैशाख ९, बुधवार    

नक्कली सुराकी खडा गरी कमिसन लिएर भ्रष्टाचार गरेको भन्दै पूर्व डिआइजी खरेल बिरुद्ध अख्तियारलाई ध्यानाकर्षण पत्र

२०८१ भाद्र २, आइतवार १३:४० बजे

काठमाडौं- आफूलाई अभियन्ता युवराज कँडेल 'सफल'ले पूर्व डिआइजी रमेश खरेल माथि छानविन होस् भनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाएर ध्यानाकर्षण गराएका छन्।

कँडेलले निज खरेलले नक्कली सुराकी खडा गरी लिइएको सुराकी कमिसन रकममा भ्रष्टाचार गरेको आरोपमा पूर्व डिआइजी खरेललाई कारबाही गर्न अख्तियारको ध्यानाकर्षण गराएका हुन् ।

‘आफ्नी श्रीमतीलाई नक्कली सुराकी खडा गरी हाकाहाकी विभिन्न जिल्लामा हुँदा लाखौँ रुपैयाँ सुराकी रकम कमिसन लिएको कमिसन रकम लिने दिने कार्य पनि भ्रष्टाचारजन्य कार्यभित्र नै पर्ने हुँदा निज भ्रष्टाचारमा संलग्न रमेश खरेललाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न माग गर्दछु, ‘सफलले आयोगलाई पठाएको पत्रमा भनिएको छ ।

ध्यानाकर्षण पत्र