काठमाडौं- आज बिहान काठमाडौं देशभर भूकम्पको शक्तिशाली धक्का महसुस भएको छ।
चीनमा गएको शक्तिशाली भूकम्पले देशभरी भूकम्पको ठूलो धक्का महसुस गरिएको हो। मंगलवार बिहान ६ बजेर ५१ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो।
चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार चीनमा ६.९ म्याग्निच्युडको भूकम्प गएको हो। तीब्बत केन्द्रबिन्दू भएर गएको भूकम्पको धक्का भारत र बंगलादेशसम्म पनि गरिएको छ।
काठमाडौंलगायत धादिङ, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर तथा तराईका जिल्लासम्म ठूलो धक्का महसुस भएको थियो।
हालसम्म कुनै गम्भीर क्षति वा घाइतेको विवरण प्राप्त भएको छैन। स्थानीय प्रशासनले नागरिकलाई सुरक्षित स्थानमा बस्न र आपत्कालीन पूर्व सावधानी अपनाउन आग्रह गरेको छ।