जलेश्वर सर्राफ
वीरगंज- नेपाली काङ्ग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष किर्ते नागरिकता तथा किर्ते जन्मदर्ता प्रकरणमा वीरगंजका मेयर राजेशमान सिंहलाई कारबाही गर्न माग गरिएको छ।
सरकारमा नेपाली कांग्रसकै गृहमन्त्री भएपनि वीरगञ्जका मेयर सिंहलाई किर्ते नागरिकता तथा किर्ते जन्मदर्ता प्रकरणमा हालसम्म किन कारबाही नभएको भन्दै नेपाली काङ्ग्रेस पार्टीका स्थानीय नेता तथा पर्सा क्षेत्र नम्बर -२ का सभापति मो.सहाबुद्दिन लगायतका कार्यकताहरुद्वारा सभापति देउवासमक्ष माग गरेका हुन्।
पर्सा जिल्लामा नेपाली काङ्ग्रेसको पार्टी कार्यालय उद्घाटन गर्न वीरगंज आएका पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवा समक्ष मेयर राजेशमान सिंह माथि यथाशीघ्र कारबाही गर्नका लागि कांग्रेस क्षेत्र– २ का सभापति मोहम्मद सहाबुद्दिनले माग गरेका थिए ।
किर्ते नागरिकता तथा किर्ते जन्मदर्ता सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पर्साले मेयर सिंहसहित ३ जना विरुद्ध मुदा दर्ता गरे पनि यति लामो समय सम्म कुनै कारबाही नभएकोमा एकजना मेयर बचाउन कानुनको धज्जी उडाइएको गुनासो सहाबुद्दिनले देउवा समक्ष गरिएको छ
उक्त विषयमा स्थानीय काङ्ग्रेसका नेताहरुले बुधवार सभापति देउवा समक्ष ज्ञापनपत्रसमेत बुझाएका छन् । किर्ते नागरिकता तथा किर्ते जन्मदर्ता सम्बन्धी प्रमाणहरु जिल्ला प्रशासन कार्यालय पर्साबाट हराउनु निकै शन्कास्पद छ जिल्ला प्रशासन कार्यालय भित्रबाट अभिलेख गायब हुनु कतै मुद्रा-मोचनको खेल त होईन? शंका समेत हुन थालेको र अहिलेसम्म मन्त्री देखि स्थानीय प्रशासनको लागि किर्ते नागरिकता प्रकरण लेनदेनको ठूलो श्रोत भएको आरोप छ।
विरगंज महानगरका मेयर राजेशमान सिंह विरुद्ध दर्ता भएको जाहेरीमा मेयर सिंहले अर्काकी छोरीलाई आफै बाबु बनेर नागरिकता बनाएको साथै सोही नागरिकता बनाउन पेश गरिएको जन्मदर्ता, सिफारिस लगायतको कागजात किर्ते गरेर नागरिकता बनाएको समेत उनीमाथि आरोप छ।
वीरगंज महानगरपालिका वडा नम्बर ३ बाट २०७१ कार्तिक २० गते जन्मदर्ता बनाइ रूबिना श्रेष्ठको नागरिकता बनाएको भन्दै मेयर सिंह माथि उजुरी परेको हो।
जिल्ला प्रशासन कार्यालय पर्साको अभिलेखमा २०७५ साउन १३ गते नागरिकता लिएको र २०७६ फागुन ८ मा प्रतिलिपी लिएको देखिन्छ। र उनिमाथी यो विवादित नागरिकता सम्बन्धमा नेपाल सरकारको विभिन्न निकायहरुमा उजुरी परे पश्चात् खोजबिन हुन थालेपछि उक्त अभिलेख जिल्ला प्रशासन कार्यालयबाट गायब पारिएको थियो।
ज्ञापनपत्र
