काठमाडौं- आज दुई वटा संसदिय समितिको बैठक बस्दैछ ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्ने भएको हो।
सोमबार दिउँसो १ बजे सिंहदरबारमा प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न लागेको छ भने बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिमा प्राप्त निवेदन तथा उजुरीहरुका सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।