पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

बाढीले राैतहटमा गरेको क्षतिको निरीक्षण गर्न पूर्वप्रधानमन्त्री नेपाल राैतहटमा

२०८१ आश्विन १६, बुधवार २१:३५ बजे

प्रेमचन्द्र झा  

राैतहट- बागमती र लाल बकैया नदिमा आएको बाढीले बाँध भत्काएपछि रौतहट जिल्लामा भएको क्षतिको पूर्व-प्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले निरीक्षण गरेका छन्। 

बुधवार दिउँसो ३ बजे गृह जिल्ला आई पुगेका नेता नेपालले गत असोज १२ गते बागमती नदिमा आएको बाढिले बाँध भत्काएपछि घर तथा खेतीबारीमा पुर्याएको क्षतिको निरीक्षण गरेका हुन्।

पूर्व-प्रधानमन्त्री नेपाल सर्वप्रथम गढिमाई नगर पालिकाको वडा नम्बर ३ स्थित लक्ष्मिपुर पुगेका थिए । बाँधमा पुगेको क्षतीको आफुले गर्नु पर्ने भूमिकाका बारेमा घटना स्थलमै नगर प्रमुख श्याम यादवसँग सुझाब लिएका थिए । बाँधमा भएको क्षती तथा खेतीबारी हेर्ने क्रममा पूर्व-प्रधानमन्त्री नेपाल गढिमाई नगरपालिका वडा नम्बर ६ को सिंगारमण र ७ को पकाहा धर्मपुर पुगि स्थानीयहरुले भोगेको समस्या तथा समाधानका उपाय बारे स्थानीयसँग संवाद गरेको नेकपा एसका नेता रेवन्त झाले बताए । 

यसैगरी बिहिवार बिहान बागमती नदि किनाराको माघवनारायण नगरपालिका, राजदेवी नगरपालिका तथा दुर्गा भगवति गाउँपालिकामा भएको क्षति तथा स्थानीय पिडितहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको नेता झाले बताए । 

बिहिवार नै पूर्व-प्रधानमन्त्री नेपाल लाल बकैया नदिको बाढीले पुर्याएका क्षतिको बिषयमा राजपुर, परोहा, बाैथिमाई, माैलापुर, देवाही गाेनाही र कटहरिया नगर पालिकाका स्थानीय बाढीपीडित जनतासँग भेटघाट गर्ने कार्यक्रम रहेको उनले बताए । 

पूर्व-प्रधानमन्त्री नेपालसँग नेकपा एसका केन्द्रीय सदस्य तथा पूर्व सांसद सरला यादव, राजदेवी नगरपालिकाका नगरप्रमुख भिखारी यादव, नेकपा एसका जिल्ला अध्यक्ष कमल यादव , गढिमाई नपा १ का वडा अध्यक्ष रामपुकार यादव, गढिमाई नपा ५ का वडा अध्यक्ष राजिव रञ्जन यादव, नेकपा एसका नेता बिरेन्द्र साह सहितका नेता , जनप्रतिनिधि, स्थानीय जनता तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।