पाठशाला न्यूज
 २०८३ वैशाख ९, बुधवार    

पर्सा जिल्लामा झुण्डिएको अवस्थामा मृत फेला

२०८१ श्रावण ९, बुधवार २०:०९ बजे

जलेश्वर सर्राफ 

वीरगंज- पर्सा जिल्लाको छिपहरमाई गाउँपालिकामा एकजना विवाहित महिलाको शव बरामद भएको हो ।

छिपहरमाई गाउँपालिका वडा नम्बर १ मिर्जापुर स्थित आफ्नै घरमा २५ वर्षीया खुश्बु यादव झुण्डिएको अवस्थामा मृत भेटिएको इलाका प्रहरी कार्यालय पोखरिया प्रहरी निरीक्षक राजन ढकालले जनाएका छन्।   

घटना के कति कारणले घटेको हो भन्ने बिषयमा अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ। 

घटनास्थलमा पोखरियाको प्रहरी टोली पुगेर मृतकको शवको मुचुल्का तयार गरी पोष्टमार्टमका लागि वीरगंज नारायणी अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले बताएको छ।