पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

नागढुङ्गा नजिक पहिरो खस्नेक्रम जारी, सडक अझै अवरुद्ध

२०८१ भाद्र ५, बुधवार १७:२५ बजे

तस्विर: सांकेतिक 

काठमाडौं- नागढुङ्गा नजिकै खसेको पहिरोका कारण मुग्लिङ-काठमाडौं सडक अझै अबरुद्व रहेको छ ।

लगातारको बर्षा र पहिरोले नागढुङ्गा नजिक झ्याप्ले खोलमा खसेको पहिरो पन्छाउने नसकेपछि सडक अझै अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले पानी परिरहेको र पहिरो खसिरहेकाले पहिरो पन्छाउन समस्या भएको बताएको छ । बर्षा रोकिएपछि पहिरो पन्छाउन ३ देखि ४ घण्टा लाग्ने बताइएको छ । 

बिहानै देखि सडक अवरुद्ध भएपछि अहिले दुवैतर्फ सवारी साधनको लामो लाइन देखिएको छ ।