पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

दिलिप रायमाझीकी छोरी दिव्या नेपाली चलचित्रमा डेब्यू गर्ने

२०८० आश्विन १०, बुधवार २०:०० बजे

काठमाडौँ–अभिनेता दिलिप रायमाझीकी छोरी दिव्या रायमाझी पनि नेपाली चलचित्र क्षेत्रमा पाइला राख्दैछिन्। नेपाली चलचित्र क्षेत्रका सफल नायक मध्ये एक मानिने दिलिपकी छोरीले पनि नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्ने भएकी हुन् । हाल अमेरिकामा रहेकी उनले छिट्टै नेपाली चलचित्रमा डेब्यू गर्ने तय भएको छ ।
उनले सुरेन्द्र पौडेलको निर्देशन र रोहित अधिकारीको निर्माणमा बन्न लागेको सिनेमाबाट डेब्यू गर्ने पक्का भएको खबर बाहिर आएको छ । चलचित्रको नाम ‘वरिष्ठ बलराम’ हुने पक्का भइसकेको छ । उनको डेब्यू चलचित्र हुने यस सिनेमामा खगेन्द्र लामिछानेको पनि अभिनय हुने छ। त्यस्तै थप दुई नायक पनि हुनेछन्। अहिले दुई नायकको खोजि चलचित्र निर्माण पक्षले गरिरहेको छ ।
नेपाली चलचित्र क्षेत्रमा कसले कति पारिश्रमिक लियो भन्ने कुराको धेरै नै चर्चा हुने गर्छ । दिव्याले नायककी छोरी भएका कारण उच्च पारिश्रमिक पाउने भएकी छन् । उनले डेब्यू चलचित्रकै लागि १० लाख पारिश्रमिक पाउने भएको चर्चा गरिन्छ ।
उनी यति बेला आफ्नो परिवारसँगै अमेरिकामा रहेकी छिन् भने उनी छिट्टै नेपाल आउने बताइएको छ। अमेरिकामा राम्रो तलबमा काम गरिरहेका कारण दिव्यालाई १० लाख पारिश्रमिक दिने निर्णय निर्माण पक्षले गरेको हो ।