पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

अधिक तरलता भएपछि राष्ट्र बैंकले एक खर्ब रुपैयाँ निक्षेप सङ्कलन गर्ने

२०८१ कार्तिक २१, बुधवार १४:३५ बजे

काठमाडौं- नेपाल राष्ट्र बैंकले बुधबार एक खर्ब रुपैयाँ निक्षेप सङ्कलन गर्ने भएको छ ।

राष्ट्र बैंकले २१ दिनको लागि निक्षेप सङ्कलन उपकरणको बोलकबोल तथा निष्काशन गर्न लागेको हो ।

बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बोलकबोल विधिमार्फत निक्षेप सङ्कलन गर्न लागेको हो।

बुधवार दिउँसो २ बजेसम्म क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले बोलकबोलमा सहभागी हुन पाउने जनाइएको छ । राष्ट्र बैंकले मंसिर १२ गते यसको साँवा ब्याज भुक्तानी गर्ने उल्लेख गरेको छ ।