जलेश्वर सर्राफ
वीरगंज- वीरगंज महानगरपालिकाका मेयरले आफ्नो छोरा अनिशमान सिंहको भविष्यलाई ध्यानमा राख्दै सरकारी कर्मचारीलाई निजी बैंकमा खाता सञ्चालनका लागि उर्दी जारी गरेका छन्।
सरकारी बैंकहरुबाट कर्मचारीहरुको तलब दिने सरकारी नियम विपरीत वीरगंज महानगरपालिकाले उर्दी जारी गरेको हो । समुदायिक विद्यालयका शिक्षकलाई महानगरपालिकाबाट नै तलब खुवाउने जनाउँदै सबै शिक्षकहरुलाई नयाँ खाता खोल्न परिपत्र जारी गरिएको छ।
विगतमा विद्यालयका सम्पूर्ण शिक्षकहरुको खाता नेपाल बैंक लिमिटेडमा हुँदा हुँदै वीरगंज महानगरपालिकाका अधिकारीहरुले आफ्नो पदको दुरुपयोग गर्दै नियम विपरीत मेयर राजेशमान सिंहका छोरा नविल बैंकमा कार्यरत रहेको र उनको प्रमोसनका लागी पुनः नयाँ खाता खोल्न निर्देशन दिएका हुन्।
वीरगंज महानगरपालिकामा रहेका ९१ वटै सामुदायिक विद्यालयका शिक्षक, कर्मचारीहरु लगायतकालाई निजी नबिल बैंकमा खाता खोल्न उर्दी जारी गर्न मेयर राजेशमान सिंहले नै लगाएको बताइन्छ।
महानगरपालिकाले बुधवार सूचना निकाल्दै महानगरभित्रका सबै सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी तथा बालविकास सहजकर्ताहरुलाई आफ्नो तलबी खाता खोलेर विवरण तत्काल २०८१ साल भदौँ ३१ गते भित्र उपलब्ध गराउन भनिएको छ ।
यसअघि वीरगंज महानगरपालिकाले विद्यालयकै खातामा सम्पूर्ण शिक्षकहरूको तलब भत्ता पठाउने र प्रधानाध्यापक तथा लेखापालले नेपाल बैंकमा गएर शिक्षक कर्मचारीहरूको खातामा तलब जम्मा गर्ने गरेका थिए।
तर मेयर राजेशमान सिंहले छोरो अनिशमान श्रेष्ठ काम गर्ने नबिल बैंक रोजे पछि छोरालाई बढुवा गराउने उर्दी जारी गराएको भन्दै मेयरको यतिखेर वीरगंज महानगर भित्र व्यापक आलोचना भइरहेको छ ।
विद्यालयहरुलाई जारी गरिएको पत्रमा ‘महानगरपालिका अन्तर्गतका सबै सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी तथा बालविकास सहजकर्ताहरुको तलब निजहरूको व्यक्तिगत खातामा पठाउने निर्णय अनुसार सबैले नबिल बैंकमा खाता खोली विद्यालयगत रुपमा सङ्कलन गरी आउँदो सोमबार ६ दिन भित्र आर्थिक प्रशासन महाशाखा (शिक्षा) मा बुझाउन उक्त पत्रमा उल्लेख गरिएको छ।
मेयर सिंहको सचिवालयले जारी गरेको सुचनामा ‘विद्यालयमा तलब भत्ता पठाउँदा शिक्षकहरूले समयमै तलब बुझ्न नपाएको र उहाँहरूको दैनिकी पनि असहज भएको महसुस भयो भन्ने कुरा समेत उक्त जारी गरिएको पत्रमा उल्लेख गरिएको छ। यस्तो किसिमको जबरजस्ती तरिकाले गरिएको निर्णय तथा वीरगंज महानगर भित्र संस्थागत रूपमा भईरहेको भ्रष्टाचारले मेयर सिंहलाई व्यापक आलोचना खेप्नु परेको छ।’
