पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

डर्टमन्डलाई पराजित गर्दै रियल म्याड्रिड लयमा फर्कियो 

२०८१ कार्तिक ७, बुधवार ०७:३२ बजे

काठमाडौं- युइएफए च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिडले बोरुसिया डोर्टमण्डलाई पराजित गर्दै आफ्नो लयमा फर्किको छ।

गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले डोर्टमण्डलाई ५-२ गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफमा २-० ले पछि परेको रियल म्याड्रिडले दोस्रो हाफमा ५ गोल गर्दै शानदार कमब्याक गरेको थियो । रियल म्याड्रिडको जितमा भिनिसियस् जुनियरले ह्याट्रिक गरेका थिए । एन्टोनियो रुडीगेर र लुकास भाजक्वेजले एक/एक गोल गरेका थिए । डोर्टमण्डका लागि डोनीयल मालेन र जामी बिनोय गिटनले एक/एक गोल गरेका थिए ।

यो यस सिजनको च्याम्पियन्स लिगमा रियल म्याड्रिडको दोस्रो जित हो । ३ खेलमा ६ अंक हासिल गरेको रियल म्याड्रिड नवौं स्थानमा रहेको छ ।