पाठशाला न्यूज
 २०८३ वैशाख ११, शुक्रवार    

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

२०८१ भाद्र ६, बिहीवार ११:२१ बजे

काठमाडौं- आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।

विहिवार सुन तोलामा ११ सयले घटेर एक लाख ५१ हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि बुधबार सुनको मुल्य अहिलेसम्मकै उच्च १ लाख ५३ हजार रहेको थियो । 

त्यस्तै आज चाँदीको मूल्य आज प्रतितोला ५ ले घटेर १८३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।