पाठशाला न्यूज
 २०८३ वैशाख १०, बिहीवार    

प्रादेशिक अस्पताल गाैरमा अश्लील गितमा नृत्य गराउने उपर कारबाही गर्न नगर प्रमुख साहले गरे माग 

२०८१ आश्विन ८, मङ्गलवार १८:५७ बजे

प्रेमचन्द्र झा

राैतहट- गाैर नगर प्रमुख शम्भु साहले प्रादेशिक अस्पतालमा अश्लील गित नृत्य गराउने उपर कारबाही गराउन माग गरेका छन्।

नेकपा एसको राैतहट जिल्ला भेलामा मन्तव्य राख्दै नगरप्रमुख साहले मेडिकल सुपरिटेन्डेन्ट डा.मुरारी ठाकुर र अध्यक्ष अनवर हासमिलाई कारबाही नभएकोमा दु:ख व्यक्त गरेका छन् । 

'नगर प्रमुख साहले मधेस प्रदेसका मुख्यमन्त्री लगायत सम्बन्धित निकायले यति बेला सम्म के हेरेर बसेका छ?' उनले प्रश्न गरे ।

तिज पर्व महिलाहरुको हुन्छ तर प्रादेशिक अस्पताल गाैरका मेडिकल सुपरिटेन्डेन्ट डा.मुरारी ठाकुर र अध्यक्ष अनवर हासमि अस्पतालमा महिला कर्मचारीसँग कुम जाेडेर नाचेका भिडियो भाईरल माथि भाईरल भए पनि सम्बन्धित निकाय माैन छन् किन? नगर प्रमुख साहले प्रश्न गरेका छन्। सो प्रश्नको जवाफ समेत नगर प्रमुख साह आफैले दिदै भने कारबाही गर्ने निकायलाई ती दुबै जना मेडिकल सुपरिटेन्डेन्ट र अध्यक्षले प्रादेशिक अस्पताललाई लुटेर बुझाई रहेका हाेलान् त्यसैले कारबाही नभएको बताए ।

प्रादेशिक अस्पतालमा भएको लिला बारे गाैर नगर प्रमुख साह बोली रहदा कार्यक्रमका प्रमुख अतिथि पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल निकै चनाखो भई सुनी रहेका थिए ।